रबी दाइ भन्दै भर्खरै सागर ढकालले लेखे लामो स्टेटस, मिनेटमै भयो भाइरल !

काठमाडौ । सागर ढकाल भन्छन: सहि गर्नुभयो रबि दाई देउवालाई हटाउनु पहिलो काम भयो यो समाचार सबैको लागि हो सम्पुर्ण नेपालिहरु अवस्य पनि यो पोस्टलाई जति सकिन्छ सक्दो सियर गरेर सारा नेपाली हरु सम्म पुर्याउनुहोस ।प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका स्वतन्त्र उम्मेदवार सागर ढकालले यस पटकको चुनावले धेरै कुरा सिकाएको बताएका छन् । उनले हारजित सामान्य अंकगणित मात्र भएको बताएका छन् । उनले भनेका छन्, ‘हारजित भनेको सामान्य अंकगणित मात्र हो । यो चुनावले अर्को चुनाव कसरी लड्ने भन्ने कुरा सिकाएको छ ।’त्यस्तै ढकालले कांग्रेस र बीपी कांग्रेस दुवैले आफूलाई बाहिरको मान्छे भन्ने गरेको उनको भनाइ छ । ‘कांग्रेस र बीपी कांग्रेस दुवैतर्फका साथीहरूको चेपुवामा परेँ । उहाँहरूले मलाई गुल्मी किन गइनस् भनेर सोधिराख्नुभयो,’ उनले भने । उनी अगाडि भन्छन्, ‘डडेलधुरामा पहिलो पटक ४ महिना अगाडि पाइला टेकेर यहाँसम्म पुगे त्यसको लागि सबै डडेलधुरावासीलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु।’आफूले प्राप्त गरेको मत चानचुने नभएको पनि उनको भनाइ छ । उनले यस पटक चुनावमा युवाहरूको जित भएको उल्लेख गर्दै भनेका छन्, ‘डडेलधुरामा १३ हजार भोट ल्याउनु चानचुने कुरा हैन। मैले रविको, सोबिताको, तोसिमाको जितलाई मेरो जितका रूपमा लिएको छु । युवाहरू अब सबै ठाउँबाट उठ्नुपर्छ ।’

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *