फैसला आउनु अगाडी नै भाइरल भएको थियो रविको यो पोस्ट-

रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा फैसला आउनु अगाडी नै रबि लामिछानेको एक पोस्ट भाईरल भएको थियो । फैसला सुनाउने तयारी सर्वोच्च अदालत तयारी गर्दै गर्दा रबि लामिछानेले केहि बर्ष पहिला लेखेको एक पोस्ट भाईरल भैसकेको थियो ।सामाजिक सञ्जालभरी फैसला के आउला भन्ने कौतुहलता छईरहेको बेला केहि राजनीतिक पार्टीका समर्थकहरुले रविको उक्त पोस्ट भईरल बनाएका थिए ।रविले २०२१ जुलाइमा लेखेको एउटा स्टाटस अहिले पनि भाइरल छ । १३ जुलाई २०२१ मा रविले ‘केरे केरे, केरे, अदालतको आदेश मान्दिन रे ? तिम्रा बाको शासन हो र ?’ लेखेका थिए ।पप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका छन् । आज सर्वोच्च अदालतले आफ्नो विपक्षमा फैसला सुनाए लगत्तै उनले पदबाट राजीनामा दिएका हुन् ।सर्वोच्च अदातलले रवि लामिछानेको सांसद बन्नअयोग्य रहेको र नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको भन्ने फैसला गरेपछि उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ । नेपालको मन्त्री हुनका लागि नेपाली नागरिक हुनुपर्छ । उनको नागरिकता नै नरहेको ठहर भएपछि मन्त्री पद स्वत: गएको हो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *