सामाजिक सञ्जालमा गत बिहीबारदेखि एक भिडियो भाइरल भएको छ। जसमा पुस्कल शर्माको गीतमा एक युवती भक्कानिएर रोएकी छिन्। कैलालीको अत्तरियामा भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा गायक पुस्कल शर्माले यी दुई गीत गाएकी हुन्।पहिलो गीत ‘मुटु जलाइ जलाइ’ बोलको गीतमा जोड–जोडले गीत मात्र गाएकी उनले त्यसपछिको गीतमा भने डाँको छोडेर रोइन्। उनले यसअघि राखेको टिकटक भिडियोमा पनि उनी यो गीत र गायक पुस्कल शर्माको फ्यान भएको पुष्टि हुन्छ।उनको भिडियो भाइरल भएसँगै कतिपयले उनको ब्रेकअप भएको हुनसक्ने अनुमान गरेका छन् त कतिले संगीतमा भएको शक्तिको रूपमा यसलाई व्याख्या गरेका छन्।भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौड्यालले भिडियो हेरेपछि संगीतको शक्ति देखेर आफू खुसी भएको बताएका छन्।यस्तै कतिपयले उनको ब्रेकअप भएको हुनसक्ने अनुमानसमेत गरेका छन्।
