भदौ ३ गते शुक्रबार ,हेर्नुहोस यस्तो छ तपाइको

भाद्र २, २०७९ बिहिबार 1821

भदौ ३ गते शुक्रबार ,हेर्नुहोस यस्तो छ तपाइको

मेष । आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । शैक्षिक क्षेत्रमा प्रगति नै होला । बोलीको प्रभाव पनि बढ्नेछ ।

वृष । आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि छोटो यात्राको सम्भावना पनि छ ।

मिथुन । आज राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

कर्कट । आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । श्रमको उचित मूल्याङ्नका हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहने देखिन्छ ।

सिंह । आज मङ्गल र शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारमा गरेको लगानीले राम्रै लाभ मिल्ला ।

कन्या । आज कीर्तिमानी काम गर्ने समय छ प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

तुला । आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झैझमेलाको अवस्था आउन सक्छ ।

वृश्चिक । आज आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

धनु । आज शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा पनि राम्रो सफलता मिल्ला ।

मकर । आज आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । आफन्त सँग भेटघाट हुनेछ । नयाँ वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

कुम्भ । धार्मिक र सेवा भाव बढ्ने योग छ । आज नयाँ कमको थालनी हुनेछ । शेयर बजार र घर जग्गामा गरेको लगानीले बिस्तारै लाभ हुनेछ ।

मीन । प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्