भदौ ८ गते बुधबार, हेर्नुहोस यस्तो छ तपाइको राशिफल

मेष । आज रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

वृष । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ । घरमा अतिथिको आगमन पनि हुनेछ ।

मिथुन । शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट । आज मनमा शङ्का र मनमा दुबिधा उत्पन्न होला । आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुनेछ । सामान हराउन पनि सक्छ ।

सिंह । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ ।

कन्या । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन पनि सुखमय हुनेछ ।

तुला । आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

वृश्चिक । आज झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ, तर साँझमा केही लाभमूलक काम हुनेछ ।

धनु । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । स्वास्थ्यमा लाभ र आराम मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । बहुमूल्य वस्तु हात पर्नेछ ।

मकर । रमणीय र सुखद् यात्राको योग छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कुम्भ । प्रेमीको सहयोग प्राप्त हुनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमा पनि रुचि बढ्नेछ ।

मीन । आज कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । यात्रा पनि कमजोर रहला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *