
बालीमा बाइडन-सी भेट, द्वन्द्व टार्नुपर्नेमा जोड
Posted in International
आफ्नो एउटा सुरुवाती मन्तव्यमा बाइडनले अमेरिका र चीनबीच "द्वन्द्व" टार्नुको आवश्यकताबारे बोलेका थिए।
बाइडनले ताइवानप्रति चीनको बढ्दो आक्रामक व्यवहारबारे असन्तोष पोखेको बताइएको छ।
चीन र ताइवान: यी दुई देशबीच कस्तो सम्बन्ध छ
चीनको सुपर सेना: मिथक कि वास्तविकता
स्वशासित टापु ताइवानलाई बेइजिङले आफ्नो भूभाग भएको दाबी गर्छ तर ताइवानले आफूलाई अलग्गै ठान्छ।
बैठकअघि बाइडनले ताइवानका विषयमा आफूहरू दुईले "आफ्ना रेड लाइन के हुन् भन्ने तय गर्ने" बताएका छन्।
बैठकपछि चिनियाँ सञ्चारमाध्यमहरूले जनाए अनुसार सी जिन्पिङले ताइवान मामिलामा 'रेड लाइन' नकाट्न चेतावनी दिएको बताइएको छ।
बाइडनले "आफूहरू दुईबीच खुला सम्पर्क सुत्र कायम गर्न प्रतिबद्ध रहेको" भन्दै त्यसले दुई देशलाई जलवायु परिवर्तन र असुरक्षा सहितका "आपत्कालीन विश्व मुद्दामा सहकार्य" ग