
आत्मदाहको प्रयास अघि इलामका प्रेम आचार्यले जीवनमा भोगेको दु:ख, जीवनका भोगाइ र ज्यानै त्याग्नुपर्ने कारणसहितको लामो लेखसहित भनेका छन्: म मरे पनि मेरो देश बाचिरहोस्!
Posted in News
लामका प्रेम आचार्यले काठमाडौंको नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका छन्। उनको अहिले कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ।
अस्पतालमा अहिले उनको शरीरको अगाडि पट्टिको जलेको भागमा पानीलगाएर सफाइ भइरहेको अस्पतालले जनाएको छ। गम्भीर अवस्थाका आचार्यको उपचार जारी रहेको अस्पतालले जनाएको छ।
आफूले किन आत्मदाह गर्नुपर्यो भन्ने आफ्नो जीवन भोगाइको लामो अनुभव सामाजिक सञ्जालमा पोस्ट गरेर उनले शरीरमा आगो छोडेका छन्। आत्मदाहको उनको प्रयास आफ्नो असफलताको कथाका रुपमा चित्रण गरेका छन्।
आचार्यले सामाजिक सञ्जालमा लेखेका उनका भावना जस्ताको तस्तै:
म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी, इलाम, प्रदेश १) रङिन सपनाहरु बुनेर, परिवार, समाज र देश प्रतिको जि