
यसकारण भक्तपुरका भ्यागुताहरूलाई आज भोज !हेर्नुहोस
Posted in Intresting, News
भक्तपुर, २६ साउन
भ्यागुतालाई पनि भोज दियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भक्तपुरमा बिहीबार ९आज० यस्तै अपत्यारिलो घटना भएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको दिन यहाँं यसरी नै आ(आफ्नो खेतमा पुगेर किसानहरूले भ्यागुतालाई भोज खुवाउँछन् ।
यो दिन क्वाँटी ९विभिन्न गेडागुडीको मिश्रणबाट तयार पारिएको परिकार० बनाएर खाने चलन छ । यस्तो परिकार पहिला भ्यागुतोलाई खुवाइन्छ । भोजको लागि किसानहरू बिहानआ(आफ्नो खेतमा भोज लिएर पुग्छन् ।
भ्यागुतालाई भोज खुवाउने भनेपछि भ्यागुतोलाई नै हातमा लिएर खुवाउने हो कि रु भन्ने प्रश्न मनमा आउन सक्छ । तर, होइन् । भ्यागुताको भोज घरमै तयार गरेर खेतको डिलमा राखेर आउने चलन हो ।
भ्यागुतालाई भोज खुवाउने परम्परालाई स्थानीय किसानहरू नेपाल भाषामा व्यां चा जानक वानेगू अर्थात् भ्यागुतालाई खाना खुवाउन जाने भनेर चिन्छन् । जहाँं व्यांको अर्थ भ्यागुतो र जा