
भारतीय टिममा खेल्न प्रतिबन्धित प्रभाकरबाट क्यानले लिएको प्रतिवद्धता – धोका दिन पाइन्न
Posted in Sport
२५ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिममा चार वर्षमा चौथो प्रशिक्षकका रुपमा भारतीय लिजेन्ड मनोज प्रभाकरको आगमन भएको छ ।
प्रशिक्षकको दौडमा यसअघि नसुनिएका प्रभाकरलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को सिफारिसमा नेपाल क्रिकेट संघ (क्यान)ले नियुक्त गरेको हो । पटक-पटक प्रशिक्षक परिवर्तन, कमजोर घरेलु संरचना र अघिल्लो वर्ष क्यान र खेलाडीबीचको विवादका कारण नेपाली क्रिकेटको स्तर खस्किएको आरोप लाग्दा नयाँ प्रशिक्षकका लागि नतिजामुखी प्रदर्शनमा केन्दि्रत रहेर सकारात्मक सन्देश दिने लक्ष्य हुनेछ । क्यानले पनि प्रशिक्षकको योजनामा सहमत भएपछि सम्झौताको निर्णयमा पुगेको बताएको छ ।
क्यानले प्रभाकरबाट दीर्घकालीन योगदानको अपेक्षा गरेको छ । तर, तत्कालका लागि एक वर्षको मात्र सम्झौता गरेको छ । ‘हामीले अघिल्ला दुई जना प्रशिक्षकबाट धोका पाएका छौं । उहाँले लामो समय नै माग्नुभएको थियो, हामीले नै